Main News

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, १३३० संक्रमित थपिए

हिमालय टिभी
२०७८ असोज ५ गते १७:०१
कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, १३३० संक्रमित थपिए

५ असोज २०७८ काठमाडौं । नेपालमा थप एक हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप पाँच जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक ९ हजार ६ सय २६ जनाको पीसीआर र ३ हजार ९ सय ९६ जनाको एन्टीजेन गरि १३ हजार ६ सय २२ जनाको परीक्षणमा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ४ सय २ जना छन् । काठमाडौंका २ सय ६१, ललितपुरमा ९८ र भक्तपुरमा ४३ जनामा संक्रमित थपिएका हुन । थपिएका संक्रमित मध्ये उपत्यका बाहिर सबैभन्दा धेरै कास्कीमा १ सय ६ जना छन् ।

यस्तै मोरङमा ९६, चितवनमा ६८, झापामा ५१, रुपन्देहीमा ३९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । देशभर संक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ रहेको छ । जसमध्ये ३ सय ३५ जनाको आइसीयू र १ सय ७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै थप १ हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ । पछिल्लो पटक ५५ हजार २ सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

देशभर खोपको पहिलो मात्रा लगाउनेको संख्या ६२ लाख ३० हजार पुगेको छ । ५६ लाख २८ हजार ७ सय ९२ जनाले खोपको दुवै मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *