विदेश
अफगानिस्तानमा रहेको सहायता अनमिनको म्याद ६ महिना थपिने
२०७८ असोज ४ गते ८:०१
४ असोज २०७८ काबुल । अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनको म्याद ६ महिना थपिने भएको छ ।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले अनमिनको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।
तालिबानीले अफगानिस्तानमा तालिबान सत्तामा आएसँगै थप अनिश्चितता र अस्थिरता सिर्जनाका बीच १५ सदस्यीय सुरक्षा परिषद्ले अनमिनको म्याद थप्ने निर्णय गरेको हो ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको जनाए ।
मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्र संघले जनाएको छ।
प्रतिक्रिया