एमाले निकट निजामती कर्मचारी संगठनको अधिवेशन माघ दोस्रो साता

३ असोज २०७८ काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।
संगठनको शनिबार बसेको केन्द्रीय कार्यसमितिको आठौं बैठकले ११ औँ राष्ट्रिय अधिवेशन माघ ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र छानबिनका लागि प्रहरीमा निवेदन दिएको बताउनुभयो ।
यस्तै नेकपा एमाले विभाजित भएसँगै विभाजित भएको संगठनको माधव नेपाल समूहले अध्यक्ष देवकोटा पक्षले पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।
महासचिव शरण कुमार गुरुङले ओली पक्षमा रहेका पदाधिकारीलाई कारबाही गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नेकपा एमाले विभाजित भएसँगै एमाले र नेकपा एकीकृत समाजवादीमा विभाजित भएको संगठनले छुट्टाछुट्टै कार्यक्रम गरी एकअर्कामाथि आरोप प्रत्यारोप गरेका हुन् ।
प्रतिक्रिया