Main News

संघीयताको सम्बर्द्धनका लागि प्रदेश प्रहरी आवश्यकः नेता निधि

हिमालय टिभी
२०७८ असोज ३ गते १८:५१
संघीयताको सम्बर्द्धनका लागि प्रदेश प्रहरी आवश्यकः नेता निधि

३ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयताको सम्बर्द्धनका लागि सबै प्रदेशको आआफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा उपसभापति निधिले संघीयताको सम्बर्द्धनका लागि सातवटै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभयो । संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भएपनि हालसम्म संविधानको सो व्यवस्था कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

उपसभापति निधिले नेताहरुले नै संघियता अनुकुलको मानसिकता बनाउन नसकेको टिप्पणी गर्नुभयो ।

नेताहरुमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उहाँले नेताहरुले संघीयताको बारेमा जनतालाई प्रशिक्षित गर्ने र आफु पनि प्रशिक्षित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *