थप एक हजार ६६ मा कोरोना सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु
२ असोज २०७८ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ८३ हजार ९१० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८९० रहेको छ ।
पछिल्लो समय थप एक हजार २३४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ । निको हुनेदर ९५ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा २३ हजार ६३६ जना होमआइसोलेशन, एक हजार ४४६ संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ३८९ आइसीयू र १२१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ६३६ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २४६ रहेको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १.५ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७० हजार ३१७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया