Political Hightlights

एमाले नेतृत्वमा छिट्टै चुनावी सरकार गठन हुन्छ : सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १ गते १४:२७
एमाले नेतृत्वमा छिट्टै चुनावी सरकार गठन हुन्छ : सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

१ असोज २०७८ कास्की । नेकपा एमालेका नेता योगेश भट्टराई चुनावी सरकार गठनको आधार बनिरहेको भन्दै एमालेको नेतृत्वमा छिट्टै चुनावी सरकार गठन हुने दाबी गर्नुभएको छ ।

कास्कीमा आज भएको कार्यक्रममा नेता भट्टराईले गठबन्धनभित्रै एकता कायम हुन नसकेको र यसले एमाले नेतृत्वमा चुनावी सरकार बन्ने आधार बनिरहेको बताउनुभयो ।

उहाँले कांग्रेस नेतृत्वको वर्तमान सरकार असफल भइसकेको बताउनुभयो । गठनको ६५ दिन भइसक्दा पनि सरकारले गन्तब्य पत्ता लगाउन नसकेको बताउनुभयो ।

नेता भट्टराईले माधवकुमार नेपालसहितका नेताहरू एमालेमै फर्कने दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्