Main News
तीन वटा प्रदेशमा सेतो पुतलीको प्रभाव, सावधानी अपनाउन विज्ञको अनुरोध
२०७८ असोज १ गते ८:४९

१ असोज २०७८ काठमाडौं । नेपालमा गण्डकी प्रदेशको पोखरामा सबभन्दा धेरै सेतो पुतलीका कारण लाग्ने सापू रोग प्रभावित देखिएको भन्दै सावधानी अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् ।
स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पोखरा, प्रदेश १ को झापा र लुम्बिनी प्रदेशको बुटवलमा सेतो पुतलीको प्रभाव देखिएको छ । वागमती प्रदेशका केही जिल्लामा पनि यो समस्या देखिएको महाशाखाले जनाएको छ ।
आँखा रातो हुने, आँखाको डिल सुनिने र आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षण सापू भएकाहरूमा देखिने भएकाले सावधानी अपनाउन आँखारोग विशेषज्ञ डा.रञ्जु खरेलले अनुरोध गर्नुभयो ।
नेपालमा सेतो पुतलीका कारण पीडित हुनेमा बालबालिकाको सङ्ख्या धेरै भएकाले डा खरेलले अभिभावकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया