Political Hightlights

मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दलहरुबीच भागबण्डा मिलेन

हिमालय टिभी
२०७८ असोज १ गते ७:१७
मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दलहरुबीच भागबण्डा मिलेन

१ असोज २०७८ काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र भागबण्डामा सकस देखिएको छ ।

मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेतृत्वको बैठकमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति जुट्न सकेन ।

भागबन्डामा सहमति नजुटेपछि मन्त्रालयको संख्या कुन दलले के आधारमा कति लिने भन्ने विषय टुंगो लगाउने जिम्मा गठबन्धन आवद्ध कार्यदललाई दिइएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूणर्बहादुर खड्काको नेतृत्वको कार्यदल बनाएको थियो ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले सबै पार्टीलाई मन्त्रालयको संख्या बराबर हुनुपर्ने बताएको छ ।

जसपा पनि त्यही कित्तामा उभिएको छ । तर माओवादी केन्द्र भने एकीकृत समाजवादी र जसपासँग सहमत छैन । दलीय हैसियतअनुसार भागबण्डा मिलाउनुपर्ने माओवादीको भनाइ छ ।

नेताहरूका अनुसार संख्या नटुंगिएका कारण कुन मन्त्रालय कुन दलले लिने भन्ने अन्योल कायमै छ । संविधानअनुसार सरकारमा २५ जनाभन्दा बढी मन्त्री राख्न पाइँदैन । हाल सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच मन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्