Main News

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, १७६० संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ ३० गते १८:२८
कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, १७६० संक्रमित थपिए

३० भदौ २०७८ काठमाडौं । नेपालमा १ हजार ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् भने थप ७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ८ सय ४४ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा १ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २ सय ९४ सहित उपत्यकाका तीन जिल्लामा ४ सय ४ जना संक्रमित थपिएका छन् ।

यस्तै झापामा १ सय २७ तथा मोरङमा १ सय ११ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । यो अवधिमा १ हजार २ सय २० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै ७ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर २६ हजार ३ सय ७ जना सक्रिय संक्रमित छन् । जसमध्ये ४ सय ७ जनाको आईसीयू तथा १ सय २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा झण्डै ३ लाख जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । योसहित हालसम्म देशभर पूर्ण खोप प्राप्त गर्नेको संख्या ५४ लाख १५ हजार ४ सय २७ पुगेको छ भने पहिलो डोजमात्र लगाउनेको संख्या ६० लाख ४ हजार १९ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *