Main News

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक असोज ५ गतेसम्मका लागि स्थगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते १४:०७
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक असोज ५ गतेसम्मका लागि स्थगित (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध गरेको छ ।

बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एमाले सांसद भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय दिनु भएको थियो ।

उहाँले प्रतिनिधिसभाका सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नदिने बताएपछि एमाले सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

अध्यक्ष तिमल्सिनाले पटक–पटक बस्न आग्रह गरे पनि विरोध कायमै रहेपछि कार्यसूचीमा रहेका केही विषय हटाइएको थियो ।

आजको बैठकले संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक असोज ५ गते बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *