Main News
राष्ट्रिय सभाको बैठक बस्दै
२०७८ भदौ ३० गते ९:११

३० भदौ २०७८ काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आजको बैठकमा चार वटा विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत हुँदैछ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यसैगरी आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
प्रतिक्रिया