Main News
जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण आजदेखि शुरु
२०७८ भदौ ३० गते ८:०२
३० भदौ २०७८ काठमाडौं । राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण आजदेखि शुरु हुने भएको छ।
आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि सरकारले घर तथा घरपरिवार सूचीकरणको काम शुरु गर्ने भएको हो।
केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै आजदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको हो।
यसअघि गत जेठ २५ गतेदेखि जनगणना हुने कार्यक्रम रहेकोमा कोरोना भाइरस महामारीका कारण जनगणना स्थगित गरिएको थियो। यस वर्ष गरिने जनगणना १२औं जनगणना हो।
गत भदौ २१ मा मन्त्रिपरिषदको बैठकले आगामी कार्तिक २५ देखि मंसिर ९ सम्म जनगणना गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया