Main News

आदेश खारेजीको माग गर्दै पूर्वन्यायाधीश केसी सर्वोच्च अदालतमा

हिमालय टिभी
२०७८ भदौ २८ गते १७:०१
आदेश खारेजीको माग गर्दै पूर्वन्यायाधीश केसी सर्वोच्च अदालतमा

२८ भदौ २०७८ काठमाडौं । प्रधानन्यायाधीशविना संवैधानिक इजलास नबस्ने भन्दै न्यायाधीश हरि फुयालको एकल इजलासले दिएको आदेशले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै पूर्वन्यायाधीश बलराम केसी निवेदनसहित सर्वोच्च अदालत पुग्नुभएको छ।

न्यायाधीश हरि फुयालको इजलासले पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति र सञ्चार माध्यममा भएको बहसबारे पनि बोलेको थियो ।

आदेशले आफूहरुलाई समेत विचार व्यक्त गर्न र धारणा राख्न नियन्त्रण गर्न खोजेको भन्दै सर्वोच्चकै पूर्वन्यायाधीश केसीले आदेश खारेजीको माग गर्नुभएको हो ।

न्यायाधीश फुयालको इजलासले अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले सार्वजनिक गर्ने अभिव्यक्तिलगायका विषयमा पनि हेर्नुपर्ने उल्लेख गरेको थियो ।

पूर्वन्यायाधीश केसीले सर्वोच्च अदालतको एकल इजलासको आदेशले आफ्नो हक र अधिकारसमेत संकुचित गर्न खोजेकाले निवेदन पेश गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *