कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, ९९४ जना संक्रमित थपिए

२६ भदौ २०७८ काठमाडौं । नेपाल पछिल्लो पटक कोरोना संक्रमणदर घट्दै गएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ९सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । १२ जनाको मृत्यु भएको छ ।
कुल ९ हजार ८ सय ४० परीक्षणमा ९ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो ।
२४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव १ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ६२ हजार नौ सय ४६ जना पुगेको छ ।
पछिल्लो पटक एक हजार तीन सय ६८ जना संक्रमणमुक्त भएका छन । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ जना पुगेको छ ।
थप १२ जनाको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या सख्या १० हजार नौ सय ३६ पुगेको छ ।
नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित छन् । चार सय ५६ जनाको आईसीयू र एक सय २२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो पटक ६८ हजार ६ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । नेपालमा पूर्ण खोप लगाउनेको संख्या ५१ लाख ६० हजार ५ सय २४ पुगेको छ ।
प्रतिक्रिया