Main News

एमसीसी उपाध्यक्ष फातिमा दिनभर भेटघाटमा व्यस्त, ककसलाई भेटिन् ?

हिमालय टिभी
२०७८ भदौ २५ गते १९:२१
एमसीसी उपाध्यक्ष फातिमा दिनभर भेटघाटमा व्यस्त, ककसलाई भेटिन् ?

२५ भदौ २०७८ काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले आज पनि भेटघाटलाई जारी राख्नु भएको छ ।

बिहानै सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेको सुमार नेतृत्वको प्रतिनिधि मण्डलले दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । त्यसअघि आजै सुमारको टोलीले ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरेको थियो ।

सुमार काठमाडौ‌ उत्रिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुग्नु भएको थियो । हिँजो नै उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र डा।बाबुराम भट्टराईसँग पनि भेट गर्नु भयो ।

एमसीसीको समर्थन र विरोध चर्किएका बेला नेपाल भ्रमणमा निस्किएकी सुमारले नेताहरुसँगको भेटमासमेत विरोधाभासपूर्ण प्रतिक्रिया प्राप्त गर्नुभएको छ ।

आज बिहानको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति गरेर पारित गर्ने जवाफ दिनु भएको थियो । हिजोको भेटमा एमाले अध्यक्ष ओेलीले पारितका लागि सत्तारुढ दल तयार भए आफूहरुले त्यसपछि आधिकारिक धारणा बनाउने बताउनु बताउनु भएको थियो ।

साथै उहाँले आफू सरकारमा रहँदा पारित गर्ने प्रयासमा भएको स्मरण गराउँदै अहिले खुलेर बोल्न नचाहेको संकेत गर्नु भएको थियो ।

आजको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारितका लागि आफूहरु तयार नै रहेको बताए पनि एमसीसी उपाध्यक्ष खासै आश्वस्त हुन नसकेको देखिएको छ । एमसीसी उपाध्यक्षसँगको छुट्टाछुट्टै भेटमा छुट्टाछुट्टै जवाफ दिएका गठबन्धनका नेताहरु तत्कालै साझा धारणा बनाउने मनस्थितिमा देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *