Main News

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, ११४६ संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ २५ गते १६:३६
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, ११४६ संक्रमित थपिए

२५ भदौ २०७८ काठमाडौं । नेपालमा थप एक हजार १ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ९ सय १६ जनाको परीक्षण गर्दा ११ सय ४६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंका २ सय ५७, ललितपुरमा ५६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा २ सय ५७ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण भएको हो।

पछिल्लो पटक एक हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन्। देशभर २७ हजार ९ सय ५८ जना सक्रिय संक्रमित छन् । ४ सय ५८ जनाको आइसीयू र एक सय ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा १० हजार ९ सय २४ जनाको मृत्यु भएको छ। पछिल्लो पटक २९ हजार एक सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *