Political Hightlights
नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने
२०७८ भदौ २४ गते १४:२८
![नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने](https://www.himalayatv.com/wp-content/uploads/2021/09/Madhav_Unified-Socialist-scaled-samajbadi.jpg)
२४ भदौ २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ ।
भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो ।
पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि सङ्गठन विस्तारका लागि बैठक राखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ ।
प्रतिक्रिया