Main News

एमाले अध्यक्ष ओलीको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

हिमालय टिभी
२०७८ भदौ २२ गते १३:०४
एमाले अध्यक्ष ओलीको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२२ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा सर्वोच्च अदालले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।

एमालेले माधवकुमार नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीविरुद्ध रिट दायर गरेको थियो।

त्यस्तै एकीकृत समाजावदीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न मागसहित निर्वाचन आयोगविरुद्धको रिटमा लिखित जवाफ मागेको छ ।

राणाको एकल इजलासले १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको हो । आदेशअनुसार जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *