Political Hightlights

एमाले अध्यक्ष ओलीले भने–यो सरकारको आयु बढीमा १५ महिना हो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २१ गते १९:२९
एमाले अध्यक्ष ओलीले भने–यो सरकारको आयु बढीमा १५ महिना हो (भिडियो रिपोर्टसहित)

२१ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयू बढिमा १५ महिना भएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले १५ महिना पछि यो सरकारलाई खोजेर पनि भेटन नसकिने दावी समेत गर्नु भयो । राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको बृहत युवा भेलामा बोल्दै उहाँले यो सरकारलाई नेपाली जनताले छिटोभन्दा छिटो विदा गर्नुपर्ने भन्दै पार्टीका युवाहरुलाई निर्वाचनको तयारीमा जुटन आह्वान गर्नु भयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई केही दिनको पाहुनाको संज्ञा दिँदै भन्नुभयो, ‘अहिलेको सरकार शास्वत होइन । यो सरकार अलिक दिनको मेजमान, पाहुना । बलजफ्ती आएको पाहुना । थोपरिएको पाहुना । षडयन्त्रबाट जन्मेको पाहुना । अवैध सम्बन्धहरुको उपज पाहुना । यसलाई नेपाली जनताले सकेसम्म छिटो विदा गर्नुपर्छ । तर छिटै विदा गर्न सकिँदैन भने पनि हतारिनु पर्ने केही छैन । अर्को मंसीरसम्ममा चुनाव गर्नुपर्छ । कति रह्यो विचार गर्नुस् त । भदौ गई गो, असोज, कार्तिक, मंसीर । अव १४ महिना रह्यो । अव १५ महिनामा त यो सरकारलाई खोजेर पनि भेटिँदैन । तपाईहरु सुत्नु भो भने त यस्ता सरकारहरु त बनिरहन्छन । तपाईहरु सुत्नु हुँदैन । तपाईहरु उठनु भो भने त यस्ता सरकारहरु विदा हुन्छन् । जनताको सरकार बन्छ । देशभक्त सरकार बन्छ ।’

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसीसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सोझै संविधानलाई चुनौति दिने गरी उर्दी जारी नगर्न पनि सचेत गराउनु भयो ।

जनताको बोल्ने स्वतन्त्रतालाई समेत बन्देज लगाउन निर्देशन दिएको भन्दै उहाँले यस्तो सरकारलाई मात्रै तानाशाहीको संज्ञा दिन सकिने तर्क समेत गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना नागरिक वेपत्ता हुँदा समेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘वर्तमान सरकार घरको बाघ, बनेका स्याल हो । अब त सोझै संविधानलाई चुनौति दिएर उर्दी जारी गर्ने ग-या छ । बोल्न पाइँदैन । अहिले नबोल्न निर्देशन दिइन्छ । अब बोलेका कार्वाही गरिन्छ भनेर थर्काइन्छ । म भन्न चाहन्छु–शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण, विचार स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रतता, शान्तिपूर्ण विरोध गर्ने स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता त्यो खोस्न सक्दैन । त्यो बाटो लिन थाल्यो भने त्यसलाई भन्छ–तानाशाह ।

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर देखाउन पनि सत्तारुढ गठबन्धनलाई चुनौति दिनु भयो । उहाँले चुनाव जति नजिक आयो, एमाले प्रवेश गर्नेहरु लहर बढेर जाने दावी गर्दै आफ्नो पार्टीलाई कसैले पनि एक्ल्याउन नसक्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘ एमालेलाई एक्ल्याएर ठेगान लाउँछौ भनेर धेरै ठाउँमा भन्ने ग-या छन् । एमाले कत्तिको एक्लिदैछ, आज देख्नु भएको नि, युवाहरु जोस । आज कति ठाउँ युवाहरु एमालेमा प्रवेश गरिरहेका छन । यो त एउटा ठाउँ, अन्य ठाउँमा दैनिक प्रवेश गरिरहेका छन । यो प्रवेशको लहर चल्दै जानेछ । जतिजति चुनाव नजिक आउँछ, त्यतित्यति एमाले प्रवेशको लहर चल्दै जान्छ । म किरणलाई भन्न चाहन्छु, महेशलाई भन्न चाहन्छु, टोपीहरु सिलाई राख्नुस । लाखौंलाख टोपीहरु सिलाई राख्नुस तर यस्तो सानो होइन, ठूल्ठूला पनि । तर टोपी सिलाई राख्नुस् । तोडदा नतोडिने, फोडदा नफोडिने एमाले बनाउनेछौ । एमाले एक्ल्याउने होइन । मजदुत बन्दै जादैछ ।’

अध्यक्ष ओलीले सरकारले कामै गर्न नसकेको भन्दै दर्जनौं प्रश्न गर्नु भयो । उहाँले राष्ट्रियताको सवाल, नागरिकको जीउधनको सुरक्षाको सवालमा छिमेकी मुलुकसँग बोल्ने आँट समेत सरकारले गर्न नसकेको पनि दोहोऔयाउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्