निरन्तरको वर्षासँगै बनेपाका विभिन्न स्थान डुबानमा

हिमालय टिभी
२०७८ भदौ २१ गते १३:३२
निरन्तरको वर्षासँगै बनेपाका विभिन्न स्थान डुबानमा

२१ भदौ २०७८ काभ्रे । निरन्तरको वर्षासँगै आएको भेलबाढीले काभ्रेको बनेपाका विभिन्न स्थान डुबानमा परेको छ ।

गएरातिको वर्षा र बाढीले आज बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो । वरपरका घर(पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारी साधनलाईसमेत पार गर्न समस्या परेको छ ।

पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ ।

पुण्यमाता खोलाको बाढीले पुल बजार क्षेत्रमा हरेक वर्ष डुबानको समस्या हुने गरेको स्थानियले जनाएका छन् । तर डुबानको समस्या समाधान नहुँदा यहाँका बासिन्दा समस्यामा पर्दै आएका छन् । पुल बजार क्षेत्रमा साना गाडीहरु डुब्ने गरी पानी जम्मा भएको छ ।

अतिक्रमणको कारण खोला साँघुरो भएपछि डुबानको समस्या भएको हो । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता रहेपनि समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *