Main News

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

हिमालय टिभी
२०७८ भदौ २१ गते १३:०८
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

२१ भदौ २०७८ संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्की, उहाँकी आमा ८० वर्षीया पार्वता, श्रीमती मनमाया, बुहारी रन्जना, नाती दीपक र नातिनी गोमाको हत्या भएको प्रहरीले जनाएको छ ।

शव रगताम्मे अवस्थामा घरभन्दा ५० देखि सय मिटरसम्मको दूरीमा फेला परेको मेयर विदुर लिङ्थेपले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खाँदबारी, ओखरबोटे प्रहरी चौकी र अस्थायी प्रहरी पोस्टबाट प्रहरी परिचालन गरिएको छ । घटनास्थल नगरपालिका केन्द्रबाट ४ घण्टाको पैदल दूरीमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *