राजनीति

यस्ता छन् देउवाका पछिल्ला ४ वर्षका ४ वटा अस्वभाविक आक्रोश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते २०:५५
यस्ता छन् देउवाका पछिल्ला ४ वर्षका ४ वटा अस्वभाविक आक्रोश (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा बेलाबेलामा सार्वजनिक कार्यक्रममै आक्रोशित हुनुहुन्छ । उहाँको आक्रोश आफ्नै दलका नेता तथा कार्यकर्तामाथिसमेत हुने गरेको छ । देउवाका पछिल्ला ४ वर्षका ४ वटा अस्वभाविक आक्रोश हेरौं–

प्रधानमन्त्री शेरबहादुर देउवा जंगिएको यो भदौ १८ गते भक्तपुरको दृश्य हो । नेपाली कांग्रेसको वडा अधिवेशनको उद्घाटन गर्न भक्तपुरको सूर्यविनायक पुगेका कांग्रेस सभापति देउवा आफ्नै दलका जिल्ला सभापति दुर्लभ थापासँग जंगिनुभयो ।

र देउवा जंगिनुको कारण थापाको यो भाषण हो । थापाले नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवालाई भक्तपुरमा आएर आफूसँग चुनाव लड्न चुनौति दिनुभएको थियो । त्यै सन्दर्भ थापाले निकाल्नुभयो ।

तर थापाले आफूलाई चुनाव लड्न भक्तपुरमा बोलाएको देउवाले बुझ्नुभयो । र थापाको मन्तव्य सकिने बित्तिकै यसरी जंगिनुभयो ।

सार्वजनिक मञ्चमै देउवा रिसाएको र जंगिएको यो पहिलोपल्ट होइन । प्रधानमन्त्री हुँदा र नहुँदा पनि देउवा बारम्बार सार्वजनिक कार्यक्रममा झनक्क रिसाउने गर्नुभएको छ ।

२०७७ साल असार १९ गते नेवि संघले काठमाडौंको शान्ति बाटिकामा गरेको कार्यक्रमा देउवा विद्यार्थी नेताको कार्यशैलीप्रति आक्रोशित हुनुभयो ।

२०७६ साल कात्तिक १५ गते देउवा पार्टी कार्यालयमा आफ्नै दलका विद्यार्थीसँग यसरी रिसाउनुभएको थियो ।

सुन्नेहरुका अनुसार देउवाले विद्यार्थीप्रति यहाँ अपशब्दसमेत प्रयोग गर्नुभएको थियो । देउवाले नाराबाजी गरिरहेका विद्यार्थीलाई पक्रन पुलिस बोलाउन निर्देशन दिनुभएको थियो ।

देउवाको आक्रोश ७५ सालमा पनि यस्तै थियो । २०७५ साल मंसिर २९ गते पार्टीको महासमिति बैठकमा आफूले बोलिरहेका बेला नेताहरु गफमा व्यस्त भएपछि देउवा यसैगरी रिसाउनुभएको थियो ।

पछिल्लो चार वर्षका देउवाका यी चार आक्रोश सुहाउँदा होइनन् । पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका देउवाको बारम्बार सार्वजनिक कार्यक्रममा देखाउने व्यवहार सुधार्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्