Main News

संरक्षणको पर्खाइमा त्रिचन्द्र कलेज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते १८:५०
संरक्षणको पर्खाइमा त्रिचन्द्र कलेज (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । सरकारको बेवास्ताका कारण देशकै जेठो क्याम्पस त्रिचन्द्र कलेजको अस्तित्व मेटिने खतरा बढेको छ ।

२०७२ सालको महाभूकम्पले भत्काएका भवन समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् । भवन जिर्णोद्धार हुन नसक्दा विद्यार्थी जोखिम मोलेर पढ्न बाध्य छन् ।

२०७२ सालको भूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कतैबाट पनि प्रवलीकरण गर्न नसक्नु दुखद भएको उहाँले बताउनुभयो ।

विभाग प्रमुख गजुरेलले नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको बताउनुभयो ।

चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा १९७५ सालमा नेपालको पहिलो उच्च शिक्षा दिने संस्थाका रुपम त्रिचन्द्र कलेजको स्थापना भएको थियो ।

त्रिभुवन विश्वाविद्यालय स्थापना नहुँदासम्म अर्थात २०१६ सालसम्म यसले भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर पठन पठान हुने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *