विदेश

अफगानिस्तानबाट बाहिरिने निर्णयको राष्ट्रपति बाइडेनले यसरी गरे बचाउ

हिमालय टिभी
२०७८ भदौ १६ गते ८:००
अफगानिस्तानबाट बाहिरिने निर्णयको राष्ट्रपति बाइडेनले यसरी गरे बचाउ

१६ भदौ २०७८ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट बाहिरिने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

अफगानिस्तानमा २० वर्षे अमेरिकी उपस्थितिको अन्त्य भएको एक दिनपछि राष्ट्रको नाममा सम्बोधन गर्दै उनले त्यहाँ लामो समयसम्म छाेड्नुको विकल्प नभएको बताए ।

टेलिभिजन सम्बोधनमा अफगानिस्तानबाट अमेरिका फिर्ता हुनु सबैभन्दा राम्रो निर्णय भएको र त्यहाँ बस्नुको कुनै अर्थ नहुनेमा जोड दिए । सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकी नेतृत्वको सेना २ हजार १ मा त्यहाँ गएको थियो ।

त्यस्तै उनले तालिबान शासनबाट भाग्न चाहने १ लाख २० हजारभन्दा बढी मानिसको उद्धार गरेकोमा अमेरिकी सेनाको प्रशंसा पनि गरे । बाइडेनको अफगानिस्तान छाड्ने तरिकाको देशमै अनि उनका सहयोगी र साझेदार माझ व्यापक आलोचना भएको छ ।

अफगानिस्तानका सुरक्षाकर्मीलाई वर्षौंदेखि आर्थिक सहयोग गर्दै प्रशिक्षण तथा हातहथियार उपलब्ध गराउँदै आएपनि तालिबानले ११ औं दिनभित्रै देश कब्जा गरेको थियो ।

अमेरिकी सेनाले देश छाडेसँगै अफगानिस्तानमा इस्लामवादी लडाकुले आफ्नो विजयको उत्सव मनाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *