Political Hightlights

युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भएकै हुन् त शीर्ष नेता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते १८:३०
युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भएकै हुन् त शीर्ष नेता ? (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नेपालको राजनीति, आन्दोलन र हरेक परिवर्तनमा युवा पुस्ताको महत्वपूर्ण भूमिका रहँदै आएको छ । राजनीति र आन्दोलनमा योगदान गर्ने युवा परिवर्तन प्राप्ति पछि भने पाखा लगाइँदै आएका छन् ।

राजनीतिक नेतृत्वले युवालाई अवसर नै दिँदैनन् भन्ने आरोप पनि लाग्ने गरेको छ । तर पछिल्लो पटक भने विभिन्न पार्टीमा आवद्ध शीर्ष तथा पहिलो पुस्ताका नेताले युवालाई नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताउन थालेका छन् ।

गत शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुको निकै प्रशंसा गर्नु भयो । ओलीका अनुसार आजका युवा उत्साहका साथ र तुफानझै अगाडी बढिरहेका छन । र, उनीहरुको सफलता कसैले रोक्न सक्दैन ।

आफूलाई ‘बा’ भन्ने गरिएको तर्फ संकेत गर्दै ओलीले बा भएपछि समय धेरै बाँकी छैन् भन्ने भएकाले धेरै बा हुनु धेरै खुसीको कुरा नभएको भन्दै अब पार्टी युवाकै भएको आशय व्यक्त गर्नुभयो ।

ओली मात्रै नभएर शनिबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त आफू युवा पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि तयार रहेको घोषणा नै गर्नुभयो । आफू निकट योङ्ग कम्युनिष्ट लिग नेपालको भेलामा प्रचण्डले अब आफूले विश्राम लिन चाहेको बताउनुभयो । अहिले नेतृत्वमा बस्नु बाध्यता भएको उहाँको तर्क छ ।

आफू मात्रै नभएर अब पुरानो पिँढीले विश्राम लिएर नयाँ भूमिका निर्वाह गर्नुपर्ने समय आएकोमा अध्यक्ष प्रचण्डको जोड छ । ओली र प्रचण्डले जस्तै भर्खरै गठन भएको पार्टी नेकपा –एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले पनि त्यसैगरी बोल्नुभयो। नेपालले पनि अर्को पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि तयार रहेको घोषणासहित अपील नै गर्नुभयो ।

पार्टी फुटेपछि ओली, प्रचण्ड र नेपालको ध्यान युवा पुस्तामा देखिन्छ र उनीहरुलाई नेतृत्व दिने भनेर बोलिरहेका छन् । तर उनीहरु साँच्चिकै युवालाई नेतृत्व दिन चाहन्छन कि उनीहरुको आडमा पार्टी बलियो बनाएर शक्ति हासिल गर्न त्यो भने प्रष्ट छैन । तर अब युवा पुस्ताले उनीहरुमाथि हस्तक्षेप गर्दै नेतृत्व लिनका लागि आफूलाई तयार गर्न ढिलो गर्न भने हुन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्