राजनीति

सत्तागठबन्धन धेरै दिन नटिक्ने एमाले महासचिव पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १४ गते १९:१३
सत्तागठबन्धन धेरै दिन नटिक्ने एमाले महासचिव पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का महासचिव ईश्वर पाखरेलले सत्तागठबन्धन धेरै दिन नटिक्ने दावी गर्नुभएको छ ।

काठमाडौंमा पत्रकारसित कुरा गर्दै महासचिव पोखरेलले दिशा नै सही नभएकोले गठबन्धन नटिक्ने बताउनुभएको हो । आप्नो पार्टीले मुलुकको राष्ट्रिय राजनीतिलाई सही ठाउँमा ल्याउने पनि पोखरेलले दावी गर्नुभयो ।

महासचिव पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीका कारण आफ्नो पार्टीमा विभाजन र समस्या आएको आरोप लगाउनुभयो ।

महासचिव, नेकपा (एमाले)पत्रकारले सोधेको एक प्रश्नमा एमाले महासचिव पोरखेलले पार्टीको नेतृत्व गर्न आफू तयार र सक्षम रहेको बताउनुभयो । तर त्यो आवश्यकताका आधारमा निर्णय हुने पनि पोखरेलले बताउनुभयो ।

नेकपा एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने गरी तोकिएको छ । एमालेको महाधिवेशन २०७९ साल बैशाख १० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्