एमालेले निष्काशन गरेका १४ सांसदमा पद नजाने

१३ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ ।
एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गर्नुभएको हो ।
निर्वाचन आयोगमा छुट्टै दल दर्ता भएर आएकाले उनीहरुको सम्बन्धमा कारबाही गर्नुपर्ने अवस्था नदेखिएको संसद सचिवालयको तर्क छ ।
तर उनीहरुले दल दर्ता नगर्दै एमालेले कारवाही गरेर पदमुक्त गर्न भनेकोले यसमा सभामुखले एमाले विभाजन गर्न चाहेको नियत देखिएको छ ।
नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो ।
तर संसद सचिवालयले एमालेले दिएको पत्रमा निर्णय गर्न ढिलाइ गर्दै आएको थियो ।कारबाही सिफारिसको १५ दिनभित्र आयोगले निर्णय गरिसक्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया