Main News

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, १३८८ संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ १३ गते १७:१०
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, १३८८ संक्रमित थपिए

१३ भदौ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । १३ सय ८८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक नयाँ संक्रमितको संख्या केही घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार जनाको परीक्षण गर्दा करिब १४ प्रतिशतमा संक्रमण पाइएको छ ।

थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३ सय १२ जना छन् । ललितपुरमा १ सय १४ र भक्तपुरमा ५२ जनासहित उपत्यकामा ४ सय ७८ संक्रमित थपिएका छन् ।

उपत्यका बाहिर कास्कीमा १ सय ७५ तथा मोरङमा १ सय १० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक २२ सय ६० जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ मा झरेको छ । यी मध्ये ६सय २५ जनाको आइसीयू र १ सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

संक्रमणबाट अहिलेसम्म १० हजार ७ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *