बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति
२०७८ भदौ १३ गते १५:०७

१३ भदौ २०७८ रुपन्देही । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ।
चुरे पहाडबाट खसेको पहिरोले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को ज्योतिनगरमा क्षति पुर्याएको हो । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याएर सवारी आवागमन अवरुद्ध भएको छ । त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ ।
पहिरो गएपछि स्थानीयबासिन्दाले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् । पहिरोको जोखिममा रहेका ठाउँका बासिन्दालाई पनि अन्यत्र सार्ने तयारी भइरहेको छ ।
यो ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।
प्रतिक्रिया