Main News
नागढुंगा–नौबीसे सडकखण्ड सञ्चालनमा
२०७८ भदौ १३ गते १३:५४

१३ भदौ २०७८ धादिङ ।अविरल वर्षासँगैको पहिरोले अवरुद्ध भएको राजधानी काठमाडौं छिर्ने नाका सञ्चालनमा आएको छ ।
त्रिभुवन राजपथको नागढुंगा–नौबीसे खण्डको चिसापानीमा पहिरो झरेपछि बिहान ८ बजेदेखि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधन रोकिएका थिए ।
ट्राफिक प्रहरीका सडक डिभिजन कार्यालय काठमाडौंबाट गएको डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाएको हो । झरी परिरहेकाले पहिरो झर्ने संभावना टरिसकेको भने छैन ।
सुरुङमार्ग निर्माण भैरहेको सिस्नेखोला लगायत अन्य स्थानमा सडक साँघुरो, उकालो र जीर्ण भएसँगै पहिरोले थप समस्या हुँदै आएको छ ।
प्रतिक्रिया