Political Hightlights

मन्त्रिपरिषद् विस्तारका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

हिमालय टिभी
२०७८ भदौ १३ गते १३:१८
मन्त्रिपरिषद् विस्तारका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

१३ भदौ २०७८ काठमाडौं । ससत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद विस्तारबारे भोलि अन्तिम टुंगो लगाउने समझदारी भएको छ । जनता समाजवादी पार्टीका शीर्ष नेताहरु काठमाडौं बाहिर रहेकाले भोलि फेरि बसेर टुंगो लगाउने समझदारी भएको हो ।

हिजो पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा उक्त छलफल केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नु भएको छैन । जसपाको आग्रहमा प्रधानमन्त्री देउवा भदौ १४ गतेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा हुनुहुन्छ ।

सत्तारूढ गठबन्धनबीच मन्त्रालयको संख्यामा सहमति भए पनि कस्ले कुन मन्त्रालय पाउने भन्ने मिल्न बाँकी छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित ७ तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ६(६ मन्त्रालय लिने सहमति भएको बताइएको छ । सत्ता सहयात्री दल राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने बताइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्