जिल्ला सभापतिमा नेताद्वयको उम्मेदवारी

हिमालय टिभी
२०७८ भदौ १३ गते ७:११
जिल्ला सभापतिमा नेताद्वयको उम्मेदवारी

१३ भदौ २०७८ झापा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो ।

जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिनुभयो । उहाँले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताउनुभयो ।

“हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गछौं । यसको मुख्य आधार भनेको पार्टीको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण हो”, उहाँले भन्नुभयो, “त्यो सम्भव नभए मात्र प्रतिस्पर्धा हुन्छ ।”

जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गर्नुभएका उहाँले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *