राजनीति

ओलीले प्रधानमन्त्री बन्न एकताका नाममा ठगी धन्दा गरेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १२ गते १८:५३
ओलीले प्रधानमन्त्री बन्न एकताका नाममा ठगी धन्दा गरेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले प्रधानमन्त्री बन्न एकताको नाममा ठगी धन्दा गरेको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा आज भएको वाईसीएलको पहिलो राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले ओलीको ठगी धन्दाका कारण आफुहरुले धोका पाएको टिप्पणी गर्नुभयो । उहाँले ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भएको समेत बताउनुभयो ।

प्रचण्डले पहिलो पटक संसद पुनर्स्थापना भएपछि आफुहरुले खुसियालीमा लड्डु खाए पनि गुलियो नसकिदै ओलीले टाउकोमा घन हानेको बताउनुभयो । आक्रामक रुपमा पेश भएका प्रचण्डले ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप पनि लगाउनुभयो ।

प्रचण्डले संसद् विघटन गरेर ओलीले प्रतिगमन गर्न खोजेको तर आफुहरुले त्यसलाई परास्त गर्न सफल भएको बताउनुभयो । लोकतन्त्र, संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन बनाइएको भन्दै यो तत्काल नटुट्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले युवा नेतृत्वमा आए आफूले राजनीतिबाट बिदा लिने दाबी पनि गर्नुभयो । त्यसका लागि तयारीमा लाग्न उहाँले युवालाई आग्रह गर्नुभयो ।

भेलामा माओवादी नेता जनार्दन शर्माले समृद्धिको सपना पूरा गर्न युवा अघि सर्नुपर्ने बताउनुभयो । वाईसीएलले पहिलो राष्ट्रिय भेला भर्चुअल माध्यमबाट गरेको छ । भेला भोलिसम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्