Main News

विपी प्रतिष्ठानका आन्दोलनरत पक्षले दियो सरकारलाई सात दिने अल्टिमेटम

हिमालय टिभी
२०७८ भदौ ११ गते १७:०७
विपी प्रतिष्ठानका आन्दोलनरत पक्षले दियो सरकारलाई सात दिने अल्टिमेटम

११ भदौ २०७८ काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलरत पक्षले माग पूरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ।

विपी प्रतिष्ठानको शुद्धीकरण अभियानका नाममा विभिन्न मागसहित संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहेको छ ।

समितिले आफ्ना ६ बुँदे माग ७ दिनभित्र पूरा नभए चिकित्सक, नर्स, स्वास्थ्यकर्मी,लगायत सबैले आफ्नो नियमित काम नगर्ने चेतावनी दिएको छ ।

समितिले १० दिन अगाडि भएको सम्झौता कार्यान्वयन गर्नूपर्ने, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ’स्वास्थ्य सेवा’ र ’शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन बुझाउनुपर्ने लगायतका माग राखेको छ ।

संघर्ष समितिले प्रतिष्ठानका चारै जना पदाधिकारीको राजीनामा माग राखेर गत असार १ गतेदेखि आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *