Main News
कोरोनाविरुद्धको खोप नलगाएका पनि कक्षा १२ को परीक्षामा सहभागी हुन पाउने
२०७८ भदौ ११ गते १७:०४
११ भदौ २०७८ काठमाडौं । कोरोनाविरुद्धको खोप नलगाएकाले पनि भौतिक उपस्थितिमा परीक्षा दिन पाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै खोप लगाएका तथा नलगाएका सबै विद्यार्थी परीक्षामा सहभागी हुन पाउने स्पष्ट पारेको हो ।
सबै तहका विद्यार्थीलाई खोप लगाउने व्यवस्था गरे पनि विभिन्न कारणबस छुटेकालाई पनि परीक्षामा सहभागी हुन दिने मन्त्रालयले जनाएको छ ।
परीक्षा केन्द्रमा जाँदा भौतिक दूरी कायम गर्न, मास्क लगाउन र स्यानिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया