विदेश

काबुलमा भएको विष्फोटमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ८० बढीको मृत्यु

हिमालय टिभी
२०७८ भदौ ११ गते ८:१९
काबुलमा भएको विष्फोटमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ८० बढीको मृत्यु

११ भदौ २०७८ काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको जेहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ८० भन्दा बढीको मृत्यु भएको छ ।

हमलाका बाबजुद अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म एक लाख भन्दा बढीलाई अन्यत्रै लगिएको छ। तर अगस्ट ३१ तारिखमा अमेरिकी सेना फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि हजारौं अफगानहरू विमानस्थल पुगिरहेका छन्।

बिहीबार आक्रमण हुँदा अफगानिस्तानमा साँझको ६ बजेको थियो। शुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए।

त्यसको केही समय पछि गोली चलेको आवाज आएको थियो । विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ। घटनामा दुई सय भन्दा बढी घाइते भएका छन् ।

घटनाको जिमेमेवारी नलिए पनि अतिवादी समुह आइएसको संलग्नता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

क्यानडा, अमेरिका र बेलयतलगायतका मुलुकले काबुल बिमानस्विथलमा हमला हुनसक्ने बताइरहेका बेला विस्फोटको घटना भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *