Main News

कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु, २४८२ संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ ९ गते १६:५४
कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु, २४८२ संक्रमित थपिए

९ भदौ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर गरी १५ हजार २ सय ९० जनाको परीक्षण गर्दा २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षणको १९ दशमलव २ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा कोरोना परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ७ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५ सय १५, ललितपुरमा १ सय ४२ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार २ सय ८७ जना सक्रिय संक्रमित छन् ।

यस्तै नेपालमा विगत २४ घण्टा ६५ हजार ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा खोप लगाउनेको संख्या ४९ लाख ५६ हजार ४ सय ५५ पुगेको छ भने ३९ लाख ९ हजार ९ सय ४१ जनाले पूर्ण खोप पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *