Main News

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

हिमालय टिभी
२०७८ भदौ ९ गते १४:२०
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

९ भदौ २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल र १५ जनालाई खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचारका लागि पठाइएको छ ।

जिल्लाको लिङ्खु पाखरबाट काठमाडौँतर्फ गइरहेको बा३ख ८०३० नं को यात्रुवाहक बस घुम्तीबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *