Political Hightlights

माओवादी केन्द्रले टुंगो लगायो सांगठनिक जिम्मेवारी, कसलाई कहाँको जिम्मेवारी ?

हिमालय टिभी
२०७८ भदौ ९ गते ७:३२
माओवादी केन्द्रले टुंगो लगायो सांगठनिक जिम्मेवारी, कसलाई कहाँको जिम्मेवारी ?

९ भदौ २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ।

सोमबार र मंगलबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकबाट देश र प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो। यो स्थायी कमिटी बैठकबाट काठमाडौंमै बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार नेताहरुलाई विभिन्न जिम्मेवारी बाँडफाँट गरिएको हो।

माओवादीले सातै प्रदेशका इन्चार्ज पनि तोकेको छ। जस अनुसार प्रदेश १ मा राम कार्की इन्चार्ज तथा सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईँ र अजम्बर काङमाङलाई सहइन्चार्ज तोकिएका छ । प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईले पाउनु भएको छ ।

प्रदेश २ इन्चार्जमा गणेश साह, सहइन्चार्जमा विश्वनाथ साह र महेन्द्र पासवानलाई तोकिएको छ । प्रदेश अध्यक्ष र सचिव चयन गरिएको छैन।

बागमती प्रदेश इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा हितबहादुर तामाङ, शशी श्रेष्ठ र सूर्य सुवेदीलाई जिम्मेवारी दिइएको छ । अध्यक्षमा नारायण दाहाल तोकिँदा सचिव पद खाली राखिएको छ।

गण्डकी इन्चार्जमा हितराज पाण्डेले जिम्मेवारी पाउनु भएको छ । सहइन्चार्जमा यसोदा सुवेदी गुरुङ तथा प्रदेश अध्यक्षमा हरि अधिकारी तोकिनुभएको छ ।

लुम्बिनीमा प्रदेश इन्चार्जमा चक्रपाणि खनाल, सहइन्चर्जमा कुलप्रसाद केसी र हरिकुल्ला खान चयन हुनु भएको छ । प्रदेशको अध्यक्षमा ओनसरी घर्ती र सचिवामा जगतप्रसाद शर्माले जिम्मेवारी पाउनु भएको छ ।

कर्णालीमा शक्ति बस्नेत इन्चार्ज तोकिँदा सहइन्चार्जमा कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलाई तोकिएको छ। अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्यलाई जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट, सहइन्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वाँरले जिम्मेवारी पाएउनु भएको छ । अध्यक्ष र सचिव छान्न सकेको छैन।

त्यस्तै विशेष समिति इन्चार्जको भूमिमा लीलामणि पोखरेल, सहइन्चार्जमा केशव नेपाल, गंगा कार्की र पुष्पविक्रम मल्ल तोकिनु भएको छ । अध्यक्षमा लेखनाथ न्यौपाने हुनुहुन्छ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्