राजनीति

एकताका नाममा अलमलमा नपरी दल दर्ता गरेर अघि बढ्ने अध्यक्ष नेपालको घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ८ गते १९:०८
एकताका नाममा अलमलमा नपरी दल दर्ता गरेर अघि बढ्ने अध्यक्ष नेपालको घोषणा (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकताका नाममा अलमलमा नपर्ने भन्दै दल दर्ता गरेर अघि बढ्ने घोषणा गर्नुभएको छ ।

चन्द्रागिरिमा पत्रकारसित कुरा गर्दै नेपालले ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेर पार्टीबाट निष्काशन गरेका कारणले बाध्य भएर विद्रोह गरी नयाँ पार्टी बनाएको र त्यसैमा अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष नेपालले आफुहरुसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्याभन्दा बढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गर्नुभयो । उहाँले एमाले एकीकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटी भूमिका खेलेका नेताहरुसँग पनि एकताबद्ध भएर जाने कोशिस भैरहेको बताउनुभयो ।

ओलीले सत्ताका लागि जस्तोसुकै काम गर्न थालेपछि अलग भएको पनि नेपालले बताउनुभयो ।

एकता पक्षधर नेता र ओलीको प्रयासबारे टिप्पणी गर्दै नेपालले आफुहरुलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र भएको भन्दै त्यसलाई असफल पार्ने बताउनुभयो ।

आफूलाई पछिल्लो पटक साथ नदिएका कसैलाइ जबर्जस्ती नगर्ने भन्दै नेपालले वामदेव गौतम भने पार्टीमा आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्