Political Hightlights

क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै पौडेल समूहका सभापति धर्ना बस्दै

हिमालय टिभी
२०७८ भदौ ८ गते ९:११
क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै पौडेल समूहका सभापति धर्ना बस्दै

८ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु आज पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् ।

विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकाले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको काभ्रे जिल्ला सभापित मधु आचार्यले जानकारी दिनुभयो ।

यसअघि जिल्ला सभापतिहरुले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने माग राखेका थिए ।

यस्तै सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपमा आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने उनीहरुको माग थियो ।

समय सीमाभित्र माग सम्बोधन नभएपछि आजदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापतिहरु धर्ना बस्न लागेका हुन् ।

यसअघि पनि क्रियाशील सदस्यता विवादका कारण नेता, कार्यकर्ताहरु धर्नामा बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *