Main News
अफगानिस्तानबाट उद्धार गरिएका थप १ सय ५० जना नेपाली आज स्वदेश फर्कँदै
२०७८ भदौ ७ गते १३:२५

७ भदौ २०७८ काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप १ जना ५० जना नेपाली आज स्वदेश फर्कंदैछन् ।
आज दिउँसो सवा चार बजे जोर्डन एभिएसनको चार्टर उडानमार्फत स्वदेश फर्कने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
हिजोसम्म अफगानिस्तानमा रहेका ५ सय ४ जना नेपाली फर्किसकेका छन् ।
त्यस्तै हिजो साँझसम्म थप ३ सय ५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
अफगानिस्तानको राजधानी काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ।
प्रतिक्रिया