Political Hightlights

माओवादी केन्द्रले तोक्यो जिल्ला र प्रदेश इञ्चार्ज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ६ गते १९:२८
माओवादी केन्द्रले तोक्यो जिल्ला र प्रदेश इञ्चार्ज (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।

स्थायी समिति बैठकले ६ वटा प्रदेशमा ईञ्चार्ज तोकेको छ । प्रदेश २ मा गणेश साह, वागमतीमा हितमान शाक्य,गण्डकीमा हितराज पाण्डे,लुम्बिनीमा चक्रपाणी खनाललाई ईञ्चार्ज तोएिको छ ।

यस्तै कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई नेकपा माओवादी केन्द्रले ईञ्चार्ज बनाएको छ ।

प्रदेश १ मा भने पछि जिम्मेवारी दिइनेछ । नेता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएकोछ ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्