Main News

बक्यौता रकम तत्काल भुक्तानी गराइदिन सरकारसँग उखु किसानको माग

हिमालय टिभी
२०७८ भदौ ६ गते १८:२९
बक्यौता रकम तत्काल भुक्तानी गराइदिन सरकारसँग उखु किसानको माग

६ भदौ २०६८ काठमाडौं । ६ वटा किसान संगठनले उखु किसानको बक्यौता तत्काल भुक्तानी गराइदिन सरकारसँग माग गरेका छन् ।

लामो समयदेखि चिनी मिलले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै किसान संगठनहरुले किसानलाई तत्काल रकम उपलब्ध गराइदिन माग गरेका हुन् ।

संगठनले आज संयुक्त वक्तव्य निकालेर चिनी मिल र अन्य व्यापारीलाई बेचेको उखुको भुक्तानी बापत पाउनुपर्ने सम्पूर्ण रकम ब्याज तथा हर्जानासहित एकमुष्ट प्रदान गर्न माग गरेका हुन् ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ अप्फा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त रुपमा यस्तो माग गरेका हुन् ।

किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौं झुलाएर राख्ने उद्योग, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि यो राष्ट्रिय लज्जाको विषय भएको उनीहरुले बताएका छन् ।

साथै उनीहरुले सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम पनि अबिलम्ब भुक्तानी गर्न र गराउन माग गरेका छन् । किसानको रकम तत्काल भुक्तानी नगरिएमा कडा संघर्षमा उत्रने पनि संगठनले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *