Main News

औषधिको गुणस्तर परीक्षणमा यस्ताे लापरवाही

हिमालय टिभी
२०७८ भदौ ६ गते १८:२५
औषधिको गुणस्तर परीक्षणमा यस्ताे लापरवाही

६ भदौ २०६८ काठमाडौं । औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने काम पर्याप्त मात्रामा नभएको पाइएको छ।

महालेखा नियन्त्रक कार्यालयको हालै सार्वजनिक भएको ५८ औं वार्षिक प्रतिवेदनमा औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने काम पर्याप्त मात्रा नभएको औंल्याइएको हो ।

औषधि व्यवस्था विभागले बजारमा उपलब्ध हुने औषधिको गुणस्तरको परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ। औषधि ऐन २०३५ को दफा १३ र १४ मा औषधिको गुणस्तर जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ। तर, औषधिको गुणस्तर कायम राख्न गर्नुपर्ने गुणस्तर परीक्षणको काम भने पर्याप्त मात्रामा नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार विभागले यो वर्ष ९ सय १८ नमूना परीक्षण गरेकोमा ८८ औषधिमा कैफियत देखिएको छ। कैफियत देखिएका तथा मापदण्ड बेगरका ४० प्रकारका औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिने निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ।

महालेखाको प्रतिवेदनले नेपाली बजारमा बिक्री हुने औषधिको गुणस्तरमा आश्वस्त हुने अवस्था नदेखिएको विषयलाई पनि औंल्याएको छ। औषधिको गुणस्तर परीक्षणको दायरा बढाउनुका साथै अनुगमनको कार्यलाई थप प्रभावकारी बनाउन महालेखा नियन्त्रक कार्यालयको विभागलाई सुझाव छ।

प्रतिवेदनमा ओषधिको गुणस्तर परीक्षणको दायरा बढाउनुका साथै अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *