Main News
राजीनामा नदिए लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई ठेगान लगाउने एमालेको चेतावनी
२०७८ भदौ ६ गते १८:२१
६ भदौ २०६८ रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुखको राजीनामा मागेको छ ।
एमालेको लुम्बिनी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गरी पदीय आचारण अनुकुलको व्यवहार नगरेको भन्दै सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागेको हो ।
नेकपा एमोलका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुख घर्तीले पटकपटक पद अनुकूलको आचरण नगरेको आरोप लगाउनुभयो ।
पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद बैजनाथ चौधरीले सभामुखले तत्काल राजीनामा नदिए प्रदेशसभाबाटै ठेगान लगाइदिने चेतावनी दिनुभयो । उहाँले सभामुखको राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने बताउनुभयो ।
सभामुखले प्रदेशसभा सदस्य विमला खत्री वली र अजय शाहीलाई पदमुक्तको सूचना जारी नगरेकोमा एमाले संसदीय दलले आपत्ति जनाएको हो ।
प्रतिक्रिया