Main News

कोरोनाबाट बच्ने अचुक उपाय मास्क, नलगाएपछि प्रहरीको खै मास्क अभियान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ४ गते १८:३०
कोरोनाबाट बच्ने अचुक उपाय मास्क, नलगाएपछि प्रहरीको खै मास्क अभियान (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट बच्न मास्क लगाउनु अनिवार्य छ । तैपनि धेरैले मास्क लगाएको पाइँदैन । त्यसैले प्रहरी प्रशासनले मास्क खै अभियान नै शुरु गरेको छ ।

सही तरिकाले मास्क लगाउने हो भने पनि कोरोना संक्रमणबाट बच्न सकिन्छ । तर नागरिकले मास्क नै लगाएको पाइँदैन ।

त्यसैले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले मास्क खै ? अभियान देशभरी नै सञ्चालन गरिरहेको छ । मास्क खै अभियान सञ्चालन गरेसँगै काठमाडौं उपत्यकामा मास्क लगाउनुपर्छ भन्ने चेतना बढेको छ ।

काठमाडौं उपत्यकामा मात्रै होइन, कैलालीमा पनि मास्क अभियानलाई विशेष प्राथमिकता दिएको छ । प्रहरीले समुदायमै पुगेर मास्क वितरण गरी नागरिकलाई मास्क लगाउन प्रेरित गरिरहेका छन् ।

हुन त, नागरिक आफू पनि पछिल्लो समय सचेत देखिन्छन् । तैपनि मास्कको सहि तरिकाले प्रयोग गर्ने भने कमै छन् । ट्राफिक प्रहरीको सक्रियता बढ्दै जाँदा विभिन्न कारणले मास्क लगाउन मन नगर्नेहरुले पनि मास्क लगाउन थालेका छन् ।

मास्क अभियान सञ्चालन गर्न स्थानीय तहहरु पनि उत्तिकै सक्रिय भएका छन् । एकले अर्कोलाई मास्क लगाउन प्रेरित गर्ने यो अभियानले कोरोना संक्रमण नियन्त्रणमा अहम् भुमिका खेल्ने विश्वास गरिएको छ ।

सरकारले मास्क लगाउन प्रेरित गरिरहे पनि मास्क नलगाउने, लगाए पनि नाक मुख राम्ररी नछोप्ने, चिउडो मुनी, कानमा मास्क झुण्डाउनेहरु पनि प्रशस्तै भेटिन्छन् । यो अभियानमा उनीहरुलाई पनि सही तरिकाले मास्क लगाउन सिकाइने गरिएको छ ।

भिडियो रिपोर्ट हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *