Main News
कांग्रेसले सरकार चलाउन नसक्ने राप्रपा अध्यक्ष राणाको टिप्पणी (भिडियो रिपोर्टसहित)
२०७८ भदौ ४ गते १८:१५
४ भदौ २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताउनु भएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष राणाले एक महिना बितिसक्दासमेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभयो ।
राणाले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याएकोमा पनि आपत्ति जनाउनुभयो । गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरेको भन्दै केही महिनामै देउवा सरकार असफल हुने उहाँको दाबी छ ।
अध्यक्ष राणाले आफ्नो पार्टीे हिन्दू राज्य र राजसंस्थाको स्थापनाका लागि अघि बढ्नेसमेत बताउनुभयो ।
अध्यक्ष राणाले आफुहरु सत्तामा आए मुलुकमा सुशासन दिन सक्ने पनि दाबी पनि गर्नुभयो ।
प्रतिक्रिया