Main News
राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिटै रिट
२०७८ भदौ ३ गते २०:२५

३ भदौ २०७८ काठमाडौं । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट परेका छन् ।
संसद छलेर अध्यादेश ल्याएको भन्दै अधिवक्ता श्रीकान्त बराल, अनुप अर्याल, प्रवेश केसी, सकुन्तला भुसाल लगायतले छुट्टाछुट्टै रिट दायर गर्नुभएको हो ।
रिटमा अध्यादेश खारेज गर्न र अध्यादेशका आधारमा भएका सबै काम कारबाही बदर गर्न माग गरिएको छ । अध्यादेश कानुनको आधारमा नयाँ दल दर्ता नगराउन निर्वाचन आयोग समेतका नाममा आदेश जारी गर्न पनि माग गरिएको छ ।
अध्यादेश जारी भएलगत्तै माधवकुमार नेपालले नेकपा एमाले समाजवादी र महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्न पनि निवेदकले माग गरेका छन् ।
प्रतिक्रिया