लुम्बिनी प्रदेशसभा बैठकमा आज पनि एमालेको अवरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २ गते १८:४८
लुम्बिनी प्रदेशसभा बैठकमा आज पनि एमालेको अवरोध (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ रुपन्देही । दुईजना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज लगातार दोश्रो पटक अवरुद्ध गरेको छ ।

आज बैठक शुरु हुनासाथ नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नारा लगाएका थिए । सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका अजय शाही र उपचुनावमा नेकपाबाट चुनाव जितेकी विमलाकुमारी खत्रीलाई पदमुक्त गरेको सूचना पढ्नुपर्ने माग गर्दै एमालेले संसद अवरोध गरेको हो ।

एमालेले यी सांसदलाई कारवाही गरेको पत्र संसद सचिवालयमा बुझाइसकेको छ । सभामूखले प्रदेश सभामा सांसद पदमुक्त भएको पत्र नपढेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

सभामूख पूर्णबहादुर घर्तिले २ सांसदको कारबाही प्रक्रिया अरुभन्दा फरक रहेकाले यसबारेमा सचिवालयले अध्ययन गर्ने र १५ दिनभित्र निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

शाहीले आफु स्वतन्त्र सांसद भएकोले एमालेको ह्विप नलाग्ने बताउँदै आउनुभएको छ । खत्रिले भने आफु नेकपाबाट निर्वाचित भएकाले अदालतको आदेश अनुसार नै माओवादी केन्द्र रोजेको तर्क गर्नुभएको छ ।

विपक्षीले अवरोध गरेपछि स्थगित बैठक भोलि दिउँसो १ बजेका लागि पुनः बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *